विरटनगर: विराटनगरमा स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगरले तदारुकता देखाएको छ । खानेपानी कै विषयलाई लिएर महानगरले विभिन्न पहलहरु समेत गरिरहेको छ ।
यसैबिच जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिहरुसंग छलफल गरिएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरको खानेपानी र यसका सम्भाव्यता र समस्याका विषयमा छलफल भएको छ ।
महानगरभित्र १ घर १ धाराको अबधारणा अनुरुप काम गर्न लागिएको हो । विभिन्न दातृनिकाय संग छलफल गर्ने क्रममा विराटनगरको खानेपानीको विषयमा जाइकाले चासो देखाएको छ । जाइकाको प्रतिनिधि मण्डलकी एक सदस्य नाकाइका जुनेरीले विराटनगरको खानेपानि अवस्था अध्ययन गर्न तत्पर रहेको बताइन् । विराटनगरको सिटी प्रोफाइल तयार भएसंगै जाइकाले अध्ययन शुरु गर्नेछ ।
विराटनगरमा अहिले खानेपानीको अबस्था अत्यन्त दयनिय रहेको छ । ५६ वर्ष अगाडी गाडिएका खानेपानीको पायपहरु प्रायः लिक भएका छन् भने शुद्ध खानेपानी नहुँदा महानगरवासी प्रताडित बन्न पुगेका छन् ।