विर्तामोड:  नेपाल पत्रकार महासङ्घ १ नं. प्रदेश समितिले झापाका तीन जना पत्रकारलाई ७५ हजार रकम सहयोग प्रदान गरेको छ ।
प्रदेश महासङ्घले पत्रकारहरु मायाँ पकुवाल, अमृतलाल श्रेष्ठ र दिपक अधिकारीलाई आर्थिक सहयोग गरेको हो ।
दुबै मृगौलामा समस्या आएपछि मृगौला प्रत्यारोपण गरेर पकवाल उपचारको क्रममा छिन  भने पत्रकार श्रेष्ठ मृगौला खराबीकै कारण नियमित डायलासिस गरिरहेका छन् ।

यस्तै पत्रकार अधिकारीकी श्रीमती पत्रकार सुभद्रा खड्काको क्यान्सर रोगको कारण केही दिन अगाडि निधन भएको थियो ।
पत्रकार पकुला झापाबाट प्रकाशित बरुण साप्ताहिकको सम्पादक, पत्रकार श्रेष्ठ राससका संवाददाता र स्व.पत्रकार खड्का नौलो आवाज साप्ताहिकमा आबद्ध छन् ।

पत्रकार महासंघ प्रदेश समितिले तीनै जना पत्रकारको घरमा पुगेर जनही २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुईटेल र महासचिव विवेक गौतमसहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो । महासंघको संयोजनमा गत पुस ४ र ५ गते विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलनको खर्च मितिव्ययी गरेर बचत भएको रकम विरामी पत्रकारहरुलाई प्रदान गरीएकाे जनाइएकाे छ ।