बेलबारीः मोरङका २ वटा सामुदायिक विद्यालयले गरेका कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले एकै दिन सम्बोधन गर्ने भएकी छिन् ।

उर्लाबारी– ६ स्थित राधिका माध्यमिक विद्यालय तथा कानेपोखरी गाउँपालिकाको जनसेवा माविको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारीले शुक्रबार सम्बोधन गर्ने भएकी हुन् । राष्ट्रपति आउने भएपछि दुवै स्थानीय तहका चोक र बाटाघाटा सफा गर्नुका साथै स्वागत द्वारले सजाइएको छ ।

राष्ट्रपति भण्डारीले कानेपोखरीको जनसेवामा दिउँसो १२ बजे तथा उर्लाबारीमा रहेको राधिका माविमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । राष्ट्रपति भण्डारी आउने भएपछि उर्लाबारी नगरपालिका र ग्लोबल युवा क्लबको समन्वयमा हलुका सवारी चालक समूह, सिटी सफारी मजदुर सङ्घलगायतको उपस्थितिमा उर्लाबारी मुख्य चोकदेखि हाटखोलासम्म सरसफाइ गरिएको छ ।

rastara pati copy