इटहरीः इटहरी किड्स हयाप्पी होम र भारतको आइरिस फ्लोरेट्सबीच सम्झौता भएको छ ।

सो सम्झौतासँगै पूर्वमा किड्स हयाप्पी होम आइरिस फ्लोरेट्सको पहिलो चेन स्कुल बन्न सफल भएको छ । सम्झौताअनुसार आइरिस फ्लोरेट्सले ड्रेस, एकेडेमिक टुल्स, किताबहरू, टिचर ट्रेनिङ, सर्टिफिकेशन लगायतका विषयहरूमा सहयोग गर्ने जनाइएको छ ।

६ वर्ष अघिदेखि सञ्चालनमा रहेको यस प्रि–स्कुलमा हाल कक्षा २ सम्म अध्यापन हुँदै आएको छ । नेपालमै पहिलो पटक टकिङ पेन को सहायताबाट अध्यापन गराइने व्यवस्था समेत गरेको विद्यालयले जनाएको छ ।

सो पेनका कारण स–साना नानीहरूको अङ्ग्रेजी उच्चारण शुद्ध हुने भएकाले यो प्रभावकारी रहने विद्यालयकी प्रिन्सिपल रीता भुसालले बताइन् । यो सम्झौतासँगै विद्यार्थीहरूको थप क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको भुसालले बताइन् ।