इटहरीः इटहरीमा रहेको पाथीभरा सेकेण्डरी स्कुलमा कक्षा ८ मा पढ्ने छात्रा डोना घलेले काठमाडौंमा आयोजित मिस टिन एन्जल २०७५ को २ वटा टाइटल जितेकी छिन् ।

hotel gajur palace

राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा उनले मिस ट्यालेन्ट र मिस अलराउण्डर उपाधी हात पारेकी थिइन् । युरोप र अष्ट्रेलियामा थप अध्ययनको लागि पनि उनले सहयोग पाएको विद्यालयको सञ्चालकमध्येका निर्मल रिजालले बताए ।
पढाइमा अब्बल रहेकी उनले गायन र नृत्यमा पनि उत्तिकै रुचि राख्ने गरेको विद्यालयले जनाएको छ ।