भोजपुरः भोजपुरको अरुण गाउँपालिका–५ याकुमा एक शिक्षिकाले असहाय विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेकी छिन् ।

पञ्चकन्या आधारभूत विद्यालय याकुकी शिक्षिका प्रतिमा पोखरेलले सोही विद्यालयमा अध्ययनरत ११ असहाय विद्यार्थीलाई निजी खर्चमा विद्यालय पोशाक वितरण गरेकी हुन् । पोशाक किन्न नसकेका बालबालिकालाई सहयोगस्वरूप पोशाक उपलब्ध गराएको पोखरेलले बताइन् ।