पथरीः मोरङको पथरीशनिश्चरे–४ मा पत्रकारिता तथा उद्घोषण तालीम शुरु भएको छ । आइतबार पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले तालीमको उद्घाटन गरे ।
लक्षित वर्ग अन्तर्गत विनियोजित बजेटबाट दलित समुदायका लागि तालीम सञ्चालन गरिएको बताइएको छ । तालीमको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर राईले उपलब्धिमूलक तालीम सञ्चालन गर्न पत्रकारिता तथा उद्घोषण तालीममा बजेट विनियोजन गरिएको बताए ।
तालीममा दलित समुदायका २७ जना युवायुवतीका साथै सामाजिक सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएका छन् । पत्रकार तारा लामगादेले तालीमको सहजीकरण गरेका छन् ।