बेलबारीः बेलबारी नगरपालिका वडा नं १ नक्सलबारी मोरङमा रहेको जनता माविले आफ्नो स्वर्ण महोत्सव मनाएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वर्ण महोत्सवको उद्घाटन गरेका थिए । विरामी भएर अस्पतालमा रहेका नगरप्रमुखले अस्पतालबाटै कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो स्वर्ण महोत्सवमा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, बेलबारी नगरपालिका वडा नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, नेकपाका बेलबारी नगर सह संयोजक पर्शुराम सुवेदी, पूर्व बेलबारी गाविस अध्यक्ष शिवप्रसाद बराल, बेलबारी नगरकार्यपालिका सदस्य विन्दुकला गुरुङ लगायतको सहभागिता रहेको थियो ।
बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक कारणले बालबालिकाले विद्यालय जानबाट वञ्चित हुनुनपर्ने बताए । जनता माविलाई नमुना विद्यालयको रूपमा स्थापित गर्नतर्फ लाग्न उनले सबैलाई आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद खनालले विद्यालयको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । स्वर्ण महोत्सवलाई आर्थिक तथा अन्य सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरूको निर्माण गरिएको प्रधानाध्यापक शम्भुप्रसाद खनालले बताए । सो अवसरका गायक सञ्जीव धिमालको गायनका साथै विद्यार्थीहरूको पनि विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
विद्यालयलाई सहयोग गर्ने महानुभावलाई समेटेर शिलालेख तयार पारिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् वडा नम्बर १ का अध्यक्ष चक्रबहादुर खुलालको सभापतित्वमा भएको कार्यक्रम शिक्षक टेकराज एक्चाई मगरले सञ्चालन गरेका थिए ।