धरानः प्राध्यापकहरूले गर्नुपर्ने खोज र अनुसन्धानका बारेमा धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अन्तरक्रिया सम्पन्न भएको छ ।

क्वीन्सलेण्ड विश्वविद्यालय अस्ट्रेलियाका प्रा.डा. भेष भण्डारीले अन्तरक्रियाको सहजीकरण गर्दै प्राध्यापकहरूले पढाउने कार्य सँगसँगै अध्ययन र अनुसन्धान पनि गर्नुपर्ने बताए ।

‘जुन विश्वविद्यालयका प्राध्यापकहरूले अध्ययन र अनुसन्धान गर्दछन् त्यस्ता विश्वविद्यालयहरू विश्वभर नै प्रतिष्ठित भएका छन्,’ उनले भने, ‘अनुसन्धानले प्राध्यापकलाई सधैँ सक्रिय राख्छ ।

अन्तरक्रियाले विद्यावारिधीका विषयमा धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको स्नातकोत्तर माइक्रोबायोलोजी चौथो सेमेस्टरमा अध्ययनरत नेपोलियन तेयुङले बताए ।

क्याम्पसमा प्राध्यापनरत प्राध्यापक तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम महत्वपूर्ण रहेको क्याम्पस प्रमुख प्राध्यापक डा. धनबहादुर कार्कीले बताए ।