धरान: धरान–१५ स्थित चिल्ड्रेन्स हाउस मन्टेश्वरीले शुक्रबार आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा विद्यालयकी प्रिन्सिपल पार्वती तुम्बाहाम्फेले केक काटेर विद्यार्थीलाई बाँडेकी थिइन् । त्यस क्रममा बालबालिकाहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

मन्टेश्वरी शिक्षण विधिकी प्रशिक्षकसमेत रहेकी प्रिन्सिपल तुम्बाहाम्फेले बालबालिकालाई सजिलै शिक्षा दिन यो विधि उपयुक्त हुने बताइन् ।

children house monteswari  (2) children house monteswari  (3)