झापाः झापाको बन्दी विकास पुस्तकालय बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने भएको छ ।

सो पुस्तकालयको २२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रदेश नं १ प्रदेशसभा सदस्य वसन्त बानियाँले १ लाख बराबरको आख्यान तथा गैरआख्यान पुस्तक तत्काल उपलब्ध गराइने बताएका हुन् । वि.सं २०५५ मा स्थापित सो पुस्तकालयलाई यसअघि ६ जनाले ५० हजार सहयोग गरेका थिए ।

गायिका आस्था राउत, राजेशपायल राईलगायतले कैदीबन्दीलाई उत्प्रेरणा प्रदान गर्ने खालका गीत गाएको सो कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने १ दर्जन बढी व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।