दुहबीः सुनसरीको दुहबी– ११ स्थित तनमुना स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।
जेआइजेड संस्थाको सहयोगमा बुधबार एक कार्यक्रमका बीच तनमुना स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई २ लाख ५० हजार रुपैयाँ बराबरको १३ प्रकारको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो । स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई स्तरोन्नति गर्न सहयोग पुर्याउने र सेवा प्रवाहमा सहयोग गर्ने उद्देश्यले स्वास्थ्य उपकरण प्रदान गरिएको जेआइजेडकी कार्यक्रम अधिकृत पार्वती आचार्यले बताइन् ।
नेपालभरमा ९ वटा नगरपालिकामा जेआइजेडको प्रोजेक्टमध्ये एक नम्बर प्रदेशमा दुहबी नगरपालिका मात्र रहेको छ ।
कार्यक्रममा दुहबीको वडा नम्बर ११ का अध्यक्ष आशाराम चौधरीले जेआइजेडले तनमुना स्वास्थ्य चौकीलाई फर्निचर, रङरोगन लगायतको लागि २ लाख रुपैयाँ सहयोग गरिसकेको बताए ।