सामान्यज्ञान खुराक

 

१. ‘डूइङ बिजनेस रिपोर्ट २०१९’अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

- ११० औँ स्थान

(नोट –  गत वर्ष यो रिपोर्टमा नेपाल १०५औँ स्थानमा रहेको थियो ।योरिपोर्टविश्वबैंकलेतयारगर्नेगर्दछ ।)

 

२. सबै चराहरूको नक्कल गर्न सक्ने चरा कुन हो ?

- काँडे भ्याकुर

(यो चरा नेपालमा मात्र पाइने चरा हो ।)

 

३. साउदी पत्रकार जमाल खग्गोसीको हत्या टर्कीस्थित साउदी अरबको कन्सुलेन्ट कार्यालयमा कहिले भयो?

- २०१८ अक्टोबर २  

(नोट –  यो वर्षको टाइम पर्सन अफ दी इअर खग्गोसी घोषित भएका थिए ।)

 

४. प्रदेश नम्बर ३ को सरकारले मुद्रा संग्रहालय कहाँ निर्माण गर्ने भएको छ ?

- दोलखा

 

५. नगर प्रमुखहरूको विश्व संसद् सदस्यमा नेपालका तर्फबाट निर्वाचित नगर प्रमुख को हुन् ?

- वैकुण्ठ न्यौपाने

(नोट –  २०१८ अक्टोबर २१–२३ मा बेलायतमा भएको विश्व संसद् सम्मेलनबाट निर्वाचित न्यौपाने व्यास नगरपालिकाका नगर प्रमुख हुन् ।)

 

६. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १६३औँ मुलुक कुन हो ?

- सुरिनाम (२०१८ अक्टोबर ११)

 

७. प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती (दोलखा)मा कहिलेदेखि केबुलकार सञ्चालनमा आयो ?

- २०७५ कात्तिक १७ गते

 

८. २०७५ सालको सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार कसलाई प्रदान गरियो ?

- राजेन्द्रराज पन्त (गोरखा)

 

९. कृषि नायक–नायिका पुरस्कार घोषणा गर्ने पहिलो प्रदेश कुन हो ?

- कर्णाली प्रदेश

 

१०. ओजोन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन् ?

- सेरउड रोल्यान्ड

 

११. सन् २०१८ जनवरी १ देखि २०१९ डिसेम्बर ३१ सम्मका लागि चयन भएका संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरू कुन–कुन हुन् ?

- इक्वेटोरियल गिनी, कुवेत, आइभोरी कोस्ट, पोल्यान्ड, पेरु

 

१२. चर्चित साहित्यिक कृति ‘घनचक्कर’का लेखक को हुन् ?

- डा. सञ्जीव उप्रेती

 

१३. ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ यो भनाइ कसको हो ?

- अमरसिंह थापा

 

१४. शाहकालमा सरकारी, कर्मचारीका साथै केही खासकामका लागि नियुक्त कर्मचारीलाई समेत जागिरको रूपमा दिइने जग्गालाई के भनिन्छ ?

- किपट

 

१५. विश्वमा सर्वप्रथम पुस्तक छाप्ने देश कुन हो ?

- चीन

 

१६. माइकल एन्जेलोले २० वर्ष लगाई निर्माण गरेको बहुचर्चित चित्रको नाम के हो ?

- द लास्ट जजमेन्ट

 

१७. मुस्ताङका राजाको ग्रीष्मकालिन निवासलाई के भनिन्छ ?

- ट्रेकर

 

१८. बिरालोले थाहा पाउन नसक्ने स्वाद कुन हो ?

- गुलियो

 

१९. औद्योगिक व्यावसाय ऐन २०७३ कहिलेदेखि कार्यान्वयनमा आयो ?

२०७३ मंसिर ७

 

२०. जी २० को १३औँ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?

- अर्जेन्टिनाको ब्युनर्स आयर्समा

(नोट – २०१८ नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म सम्मेलन सम्पन्न भएको थियो भने आगामी १४औँ शिखर सम्मेलन जापानको टोकियोमा हुँदै छ ।)

 

२१. बैंक अफ दी इअर २०१८ हुन सफल बैंक कुन हो ?

- एनएमबी बैंक (गत साल पनि एनएमबी नै रहेको थियो ।)

 

२२. जनआन्दोलन स्वर्णपदक २०७५बाट कसलाई सम्मानित गरियो ?

- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

(नोट –  गत वर्ष यो स्वर्णपदकबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सम्मानित गरिएको थियो ।)

 

२३. 'युइएफए प्लेयर अफ दी इअर' २०१८ हुन सफल खेलाडी को हुन् ?

- लुका मोड्रिक (क्रोएसिया)

 

२४. सडक संरचनाको व्यवस्थित विकासका लागि १० वर्षे प्राथमिक लगानी योजना कहिलेदेखि कहिलेसम्मका लागि कार्यान्वयनमा आएको हो ?

- सन् २००७ – २०१६

 

२५. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?

- नगरपालिकाको उपप्रमुख