झापाः शहीद दिवसको अवसरमा झापाको मेचीनगरस्थित तारापुञ्ज अङ्ग्रेजी माध्यमिक विद्यालयले र्यालीसहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरबाट बिहान विभिन्न शहीदका तस्बिरसहित निस्केको र्यालीले मेचीनगरको मुख्य व्यापारिक केन्द्र काँकरभिट्टा बजारका विभिन्न ठाउँको परिक्रमा गरी विद्यालयमा पुगेको थियो ।
तारापुञ्ज बाल क्लबको आयोजनामा भएको कार्यक्रममा कविता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । कवितातर्फ आर्या ओली पहिलो, कौशल पौडेल दोस्रो र समीक्षा ओली तेस्रो भए । वक्तृत्वकलातर्फ स्नेह श्रेष्ठ पहिलो, असिम पोखरेल दोस्रो र रेसिता भारती तेस्रो भएको सहायक प्रिन्सिपल प्रकाश दाहालले बताए ।