इटहरीः लायन्स क्लब अफ सुन्दरदुलारीले सुन्दरहरैंचाका २ विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।

सुन्दरहरैंचाको वडा नम्बर ४ मा रहेको जनचेतना आधारभूत विद्यालय र वडा नम्बर ३ बरमनियामा रहेको जननी आधारभूत विद्यालयमा सो क्लबले न्यानो कपडा वितरण गरेको हो ।

दुवै विद्यालयका विद्यार्थीलाई गरी जम्मा १ सय ५० थान कपडा वितरण गरिएको क्लबका अध्यक्ष पीतकुमार श्रेष्ठले बताए । सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा न्यानो कपडा वितरण गरिएको क्लबका उपाध्यक्ष नागेश पोखरेलले बताए ।