धरानः भारतको आसाममा सम्पन्न तेस्रो साउथ एशियन कराते डो च्याम्पियनसीप–२०१९ मा स्वर्ण र कास्य पदक हात पार्ने खेलाडीलाई धरानको सुनाखरी एकेडेमीले सम्मान गरेको छ ।

सुनाखरीले धरानको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको थियो । माघ ५ र ६ गते भारतको आसाममा सम्पन्न भएको कराते डो मा सहभागी छात्रछात्रामध्ये सन्तोष शर्मा र प्रकृति खापुङले २–२ स्वर्ण हात पारेका थिए । खुशी लिम्बू, लिजन गुरुङ र कृतन राईले जनही १ स्वर्ण र १ कास्य हात पारेका थिए । त्यस्तै, खगेन्द्र राईले १ रजत र १ कास्य तथा शशि राईले १ कास्य पदक हात पारेका थिए ।

‘विद्यार्थीको हौसला र उत्साहका लागि सम्मान कार्यक्रम राखिएको स्कुलका प्रिन्सिपल मिलनकुमार राईले बताए ।

स्कुलका प्रिन्सिपल राई, निर्देशक प्रदीप राई, सहायक प्रिन्सिपल अशोक लिम्बू, अतिरिक्त क्रियाकलाप संयोजक राज लिम्बू तथा शिक्षकहरूले खेलाडी विद्यार्थीलाई सम्मान गरेका थिए । यस अघि पनि सुनाखरीले अन्तर्राष्ट्रिय पदक पाएको विद्यालयले जनाएको छ ।