बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्रका पाठेरोग सम्बन्धी महिला रोगीलाई लक्षित गरेर शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बेलबारी स्वास्थ्य चौकीमा सञ्चालित सो शिविरमा महिलासम्बन्धी रोगको जाँच गरिएको थियो । शिविरबाट ७३ जना रोगीले सेवा लिएको बेलबारी स्वास्थ्य चौकीकी प्रमुख बबिता गुरागाईले बताइन् ।
शिविरमा २१ वर्षदेखि ७३ वर्ष उमेर समूहका महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा आएकामध्ये १ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिकले जानकारी दिए ।
नगरवासीको स्वास्थ्यमा नगरपालिका सधैँ सचेत रहेको र महिलामा देखिएको पाठेघरसम्बन्धी समस्याको निराकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।