विराटनगरः विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने गरी विद्यालयले भूमिका खेल्नुपर्ने बताए । उनले आर्थिक समृद्धिको कुरा गरिरहँदा त्यसलाई सार्थक बनाउने गरी दक्ष जनशक्ति निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।

शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने भन्दै सभामुख भण्डारीले उत्पादित जनशक्ति दक्ष र देशको सेवा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । अबको शिक्षा वैज्ञानिक र रोजगारमूलक हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विगत २५ वर्षमा विद्यालयले गरेको प्रगति र त्यसका विविध पक्षको बारेमा प्रकाश पारेका थिए ।

पुरीले शिक्षा क्षेत्रमा विभिन्न स्थानबाट प्रहार हुन थालेको र सरकारले पनि ढुलमुले निति लिन खोजेको बताउँदै त्यसबाट शिक्षालाई अन्योलतर्फ लगेको बताए । उनले उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरेको कतिपय विषय निजी विद्यालयमैत्री नभएको बताए ।

everest  (3) everest  (2)