विराटचोकः प्लानेट रिक्रिएसन सेन्टर विराटचोक मोरङको आयोजनामा विराटचोकमा प्रथम सुविजीमुर मेमोरियल पूर्वाञ्चलस्तरीय अन्तरमावि फुटसल प्रतियोगिता हुने भएको हो । प्रथम खुल्ला नकआउट सो फुटसल प्रतियोगिताको बारेमा पत्रकार सम्मेलनमार्फत् जनाकारी दिइएको हो ।
आगामी फागुन १ गतेदेखि ३ गतेसम्म अन्तर मावि प्रतियोगिता हुने र फागुन ९, १० र ११ गते तीनदिन सम्म फाइभ ए साइड नकआउट खुला फुटसल प्रतियोगिता सञ्चालन हुने आयोजक संस्था रिक्रिएसन सेन्टर विराटचोकका सञ्चालक उत्सव थापाले बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पूर्वाञ्चलस्तरीय अन्तर मावि प्रतियोगिताका विजयीले रु २५ हजार बराबरको अध्ययन सामग्री, ट्रफी तथा प्रमाणपत्र पाउने छन् भने फाइभ ए साइड नक आउट प्रतियोगिताका विजयीले रु ४० हजार नगद, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
अन्तर मवि प्रतियोगितामा मोरङ, झापा, सुनसरी तथा आसपासका जिल्लाका विद्यालयको सहभागिता रहने बताइएको छ । नक आउट फुटसल प्रतियोगितामा क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलाडीले समेत सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, प्रतियोगिताको मुख्य प्रायोजक रहेको संस्था सुविजीमुर मेमोरियलका प्रिन्सिपल गोविन्द कार्की, एई ग्लोबल इटहरीका प्रमुख अर्जुन गजुरेल, कार्की ज्वेलरीका सञ्चालक दिनेश कार्की लगायत उपस्थित थिए ।