ज्ञानगुनका कुरा

१. नेपालको प्रशासनिक इतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखा अधिकृत बनाउने व्यवस्थालाई के भनिन्थ्यो ? 

- कुपर प्रणाली

 

२. ‘मन्ट्रियल महासन्धि’लाई नेपालले कहिले अनुमोदन गरेकोहो ?

-२०७५ भदौ ७ 

 

३. नेपालले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको हिल्सा नाकामा अध्यागमन कार्यालय कहिले स्थापना गरेकोहो?

- २०७५ असोज २३

 

४. विश्वमा नै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बिमा कार्यक्रमको नाम के हो ?

- मोदी केयर   

(नोट– भारतमा सन् २०१८ सेप्टेम्बर २३ मा घोषणा गरिएको उक्त कार्यक्रमले हरेक गरिब घरपरिवारलाई ५ लाखबराबरको स्वास्थ्य बिमा घोषणा गरेको थियो ।)   

 

५. पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन कहिले भयो?

-२०७५ पुस ३

 

६. नेपालमा गुलेली बाजे भनेर कसलाई चिनिन्छ ?

-भोजराज श्रेष्ठ     

 

७. २०७४ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

- कवि नवराज पराजुली

 

८. एएफसी ड्रिम अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली को हुन् ?

-खुश्बु ओली

 

९. २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहितामा कति भाग रहेका छन् ?

 - ६ भाग

 

१०. कोटवाडा सुनधराली विमानस्थल कुन जिल्लामा अवस्थित रहेको छ ?

- कालिकोट

 

११. राणाकालमा दरबारमा बन्दुक राखेको ठाउँ हेरचाह गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?

- लाजिमा    

 

१२. प्रथम विश्वयुद्धमा राजनीतिक होडबाजीको आधारमा अग्रस्थानमा आउने राष्ट्र कुन हो ?

- बेलायत

 

१३. सेल्भाज भनेको के हो ?

- अमेजन नदीको घना जंगल

 

१४. खैराला दरबार कुन जिल्लामा पर्दछ ?

- कैलाली

 

१५. निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?

- खिम्तिजलविद्युत आयोजना

 

१६. एन्टिबायोटिक्सको विकल्पका रूपमा वैज्ञानिकले विकास गरेको नयाँ औषधिको नाम के हो ?

 - स्टाफेफेक्ट

 

१७. हरियो वन नामक कार्यक्रम गरिरहेको संस्थाको नाम के हो ?

 - युएसएआइडी(USAID)

 

१८. नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि कहिले खुला गरियो ?

- २०६५/११/१६

 

१९. मिस युनिभर्स २०१८ को हुन सफल भइन् ?

- क्याट्रियोना ग्रे (फिलिपिन्स)

 

२०. मानव शरीरमा जम्मा कति प्रतिशत प्रोटिन रहेको हुन्छ ?

-२० प्रतिशत