बिराटनगरः विराटनगरकाे शंखपुर प्रा. बि. का विद्यार्थीलाई मोरङ समाज काठमाडौले न्यानाे कपडा वितरण गरेकाे छ । विद्यालयका ५० विद्यार्थीलाइ अतिअावश्यक पर्ने कपडा वितरण गरेकाे हाे ।
विपन्न समुदायका वालवालिकालाइ जाडाे छल्न सहज हुने कपडा बाँडिएकाे छ । उनिहरूलाइ स्वेटर, भेस्टलगाएतका न्यानाे कपडा बाँडिएकाे विद्यालयका प्रधानाध्यापक झरना सापकाेटाले जानकारी दिइन । उनका अनुसार साे विद्यालयमा गरिब तथा विपन्न समुदायका वालवालिका अध्ययनरत छन् ।