दुहबीः सुनसरीको दुहबी–३ स्थित सुनसरी सामुदायिक अस्पताल प्रालिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्रावधिक सहयोगमा भएको कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । अस्पतालको नीति तथा कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पताल सञ्चालक सन्तोषकुमार सिंहले जनाए ।