उर्लाबारीः झापाको दमकमा रहेको आम्दा अस्पतालले विपन्न परिवारका उर्लाबारी–८ दुर्गापुरीका १६ वर्षीय दिपेश सुनुवारको एपेन्डिक्सको निःशुल्क उपचार गरेको छ ।
राजकुमार योञ्जनको पहलमा अस्पतालले निःशुल्क उपचार गरिदिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका देउमान सुनुवारले छोराको उपचार गर्न सकेका थिएनन् । स्थानीय अरनिको माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनका छोराको उपचारमा शिक्षक तथा विद्यार्थीले ७ हजार रुपैयाँ सहयोग गरेका थिए भने अस्पतालले निःशुल्क शल्यक्रिया गरेको थियो ।