भोजपुरः भोजपुरमा पहिलो पटक स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात् हाडजोर्नी तथा नसासम्बन्धी उपचार पद्धति सञ्चालनमा आएको छ ।

यस पद्धतिले औषधिसहित बाफको माध्यमबाट बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलीपकुमार झाले बताए ।

यो उपचार पद्धति सञ्चालनमा ल्याइएपछि बिरामीलाई सेवा दिन सहज भएको उनको भनाइ छ । उपचार पद्धति उपकरणको एक कार्यक्रमका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले उद्घाटन गरेका छन् ।