इलामः इलाममा अनशनरत प्रा.डा. गोविन्द केसीको मागअनुसार नै इलाममा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ ।

पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग रहेको छ ।

एक सरकारी टोलीले आइतबार दिउँसो इलाम आएर मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरेको हो । टोलीले इलामका ६ स्थानको अध्ययन गरेको प्रजिअ श्रवणकुमार तिम्सिनाले बताए ।

यसअघि डा केसीसँग इलाम, पाँचथर, उदयपुरलगायतका स्थानमा मेडिकल कलेज खोल्ने विषयमा भएको सम्झौताअनुसार सरकारले सम्भाव्यता अध्ययन थालेको प्रजिअ तिम्सिना बताउँछन् । मेडिकल कलेजका लागि कम्तीमा साढे ३ सयदेखि ४ सय रोपनी जग्गा आवश्यक पर्ने देखिएको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताए ।