बेलबारीः निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपालको स्थापना दिवसका अवसरमा दृष्टिविहीन विद्यार्थीलाई विद्यालय पोशाक स्वीटर र टोपी वितरण गरिएको छ ।
बेलबारी–२ मा रहेको कबिर माध्यमिक विद्यालयका १४ जना विद्यार्थीलाई प्याब्सनको नगर समितिले पोशाक वितरण गरेको प्याब्सन बेलबारीका अध्यक्ष भुपाल बस्नेतले बताए ।
प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतका अनुसार देशमा सङ्घीयता आएसँगै सबै स्थानीय तहमै प्याब्सलने गतिविधि बढाएको बताइएको छ ।