दुहबीः सुनसरीको दुहबी– ५ स्थित निसहाय बालबालिका सेवा आश्रमलाई न्यानो कपडा वितरण गरिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दुहबी नगर कार्य समितिको आयोजनामा आश्रममा एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो ।

२८ औं प्याब्सन स्थापना दिवसको अवसर पारेर कार्यक्रम गरिएको प्याब्सन सुनसरीका सदस्य भूपनारायण भगतले बताए । प्याब्सनको दुहबी नगर कार्य समिति अध्यक्ष पुरुषोत्तम राईको अयक्षतामा भएको कार्यक्रममा निसहाय बालबालिका सेवा आश्रम दुहबीका अध्यक्ष केशव भट्टराई पनि उपस्थित थिए ।

दुहबीका निजी विद्यालयले आश्रमका असाहाय बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था गरेकोमा भट्टराईले त्यसको प्रशंसा गरेका थिए ।

pabson duhabi  (1)