इटहरीः रोटरी क्लब अफ इटहरी र नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डिभिएम) स्कुलको संयुक्त आयोजनामा इटहरीको एउटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

इटहरी–१० मा रहेको ज्ञानोदय आधारभूत विद्यालयका २ सय १७ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको बताइएको छ । स्वीटर वितरणपछि विपन्न वर्गका बालबालिकालाई विद्यालयमा आउन सहज भएको विद्यालयले जनाएको छ ।