फिक्कलः इलामको सूर्योदय नगरपालिकाले नयाँ बर्षको अवसरमा अन्तु पर्यटन महोत्सव गर्ने भएको छ ।पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको नगरपालिकाले अन्तुमा थप पर्यटक भित्राउन र नयाँ बर्षलाई थप उल्लासमय बनाउन महोत्सव आयोजना गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

२०८० चैत्र ३० र २०८१ बैशाख १ लाग्ने महोत्सवमा बिभिन्न सांस्कृतिक र सांगितिक कार्यक्रम गर्ने भएको छ । महोत्सवमा स्थानीय खाद्य परिकार र हस्तकलाको स्टल राखीने छ भने दिपावली र डिजे सेसन समेत गरीने नगरका योजना अधिकृत खेम राईले जानकारी दिए । नगर उप प्रमुख दुर्गाकुमार बरालले स्थानीय खानाका परिकार र लोपउन्मुख लाप्चा समुदायका संस्कृति महोत्सवका आकर्षका रुपमा रहेने छन् । महोत्सव अन्र्तगत चैत्र २८ गते वृहत सरसफाई कार्यक्रम हुनेछ । चैत्र ३० गते सूर्योदय आइडलको प्रस्तुती रहने छ भने बैशाख १ गते सूर्योदयको दृश्यावलोकन गरी सांस्कृतिक झाँकी प्रदर्शन गरीने उप प्रमुख बरालले जानकारी दिए । उपप्रमुख बरालले दैनिक पाँच हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने होटल, होमस्टे र कटेज लगायतका पूर्वाधार अन्तुमा रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले दैनिक ३ हजार भन्दा बढी पर्यटकले अन्तु भ्रमण गर्दै आएको तथ्यांक नगरमा रहेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नु भयो‘हामीले पर्यटन क्षेत्रमा लगानी बढी नै गरेका छौ, अव थप प्रचार गरी पर्यटन प्रवर्धन गर्नु छ ।’

महोत्सवमा याम बराल ,गणेश पराजुली, यशोदा पराजुली लगायतका कराकारले सांगीतिक प्रस्तुती राख्ने छन् । उक्त अवसरमा लागु पदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तिजन्य बस्तुहरुको नियमन, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम समेत गरीने छ ।

अन्तु सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान मानिन्छ । अन्तु पोखरी, अन्तुका होमस्टे , कटेजमा पर्यटक घुमफीर गर्न रुचाउने गरेको छ । सूर्योदय नगरपालिकालाई कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा यस अघि नै गरेको छ । अन्तु र कन्याम स्वदेशी पर्यटकको रोजाईमा परेका गन्तब्य हुँन ।