सामान्यज्ञान विशेष
१. राप्ती नदीको उद्गम स्थल कुन हो ?
– शिवालिक पर्वत
२. नेपाल सरकारले दोस्रोपटक चीनलाई उपहारस्वरूप दिएको गैंडाको नाम केहो ?
– मितिनी र भद्र
३. एक ग्राम चिल्लो पदार्थमा कति क्यालोरी शक्ति प्राप्त हुन्छ ?
– ९ क्यालोरी
४. नेपाल सरकारले भलिबललाई कहिले राष्ट्रिय खेल घोषणा
गर्यो ?
– २०७४ साल जेठ ८ गते
५. नेपालमा टिस्यु कल्चर गरी तयार पारिएको पहिलो बाली कुन हो ?
– गोलभेंडा
६. सार्क राष्ट्र भारत बेलायतको उपनिवेशबाट कहिले मुक्त भयो ?
– सन् १९४७ अगस्ट १५
७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त को
हुन् ?
– नवीनकुमार घिमिरे (नेपाल सरकारका पुर्व सचिव)
८. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?
– भाद्र ३ गते
९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को स्थापना कहिले भएको थियो ?
– वि.सं. २०३९ साल मंसिर २० गते
१०. संसारको सबैभन्दा लामो सुरुङी रेलमार्ग कुन देशमा रहेको छ ?
– स्विट्जरल्यान्ड
११. नेपाली लोकसंगीतमा प्रचलित ठाडोभाका शिरोमणि भनेर कसलाई चिनिन्छ ?
– दीर्घराज अधिकारी
१२. विश्वको पहिलो रक्तसञ्चार केन्द्रको (Blood Bank) स्थापना कहाँ गरिएको थियो ?
– बेलायत
१३. नेपाल सरकारले कति जातिलाई अल्पसंख्यक जातिका रूपमा राखेको छ ?
– ५८ जाति
१४. बाधा अड्काउ फुकाउने अधिकार नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?
– धारा ३०५
१५. गुप्त संवत् कसले चलाएका हुन् ?
– अंशुवर्मा
१६. प्रथम विश्वयुद्धपछि भएको भर्साइल सन्धिमा कति धारा थिए ?
– ४३९ धारा
१७. नेपालको प्रशासनमा पजनी व्यवस्थाको सुरुवात कसले गरेका थिए ?
– पृथ्वीनारायण शाह
१८. विश्व हुलाक संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
– बर्न स्विटजरल्याण्ड
१९. भिजिट नेपाल २०२० को लोगोको डिजाइनर को हुन् ?
– शंकरनाथ रिमाल
२०. शियार जातिको बसोबास नेपालकोकुन जिल्लामा रहेको छ ?
- गोरखा