बेलबारीः मोरङको बेलबारी–२ मा रहेको एक सामाजिक संस्थाले २ वटा विद्यालयमा अक्षयकोषको स्थापना गरिदिएको छ । सहयोगी हातहरू नामक संस्थाले सिंहदेवी आधारभूत विद्यालयमा ११ हजार १ सय ११ रुपैयाँ तथा कबिर माध्यमिक विद्यालयमा ६६ हजार ६ सय ६६ रुपैयाँको अक्षयकोष स्थापना गरेको संस्थाले जनाएको छ ।

तीज विशेष तथा स्रष्टा सम्मान कार्यक्रममार्फत् सङ्कलन गरेको रकमको खर्च कटाएर बाँकी रहेको रकमबाट अक्षयकोषको स्थपना गरिएको संस्थाका अध्यक्ष मेघराज परियारले बताए ।

गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोषको स्थापना गरिएको उनले बताए । अक्षयकोषबाट विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर कार्कीले बताए ।