विराटनगरः मोरङको बेलबारी–४ सखुवाटोलीका ७३ वर्षीय परु र ७० वर्षीया बुधुनी चौधरीको नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गरेको छ ।

ती दम्पत्तिका एक्ला छोराको ३ वर्ष अघि मृत्यु भएपछि उनीहरू सहाराविहीन थिए । हिँड्ने क्रममा लडेर बुधुनीको खुट्टा भाँच्चिएपछि गरिबीमा जीवन बिताइरहेका दम्पत्ति झन् ठूलो समस्यामा परेको थियो ।

असहाय दम्पत्तिको अवस्था थाहा पाएपछि अस्पतालले निःशुल्क उपचार गरिदिएको अस्पतालले जनाएको छ ।

बुधुनीको उपचारका क्रममा लाग्ने सबै खर्च, औषधि र दम्पत्ति दुवैको खानपानको व्यवस्था अस्पतालले गरेको बताइएको छ । उपचारपछि बुधुनी अहिले घर फर्किइसकेको शर्माले बताए ।

Birami-Sahayog-Photo-3