इटहरीः इडेन कन्सल्टेन्सी धरानले इटहरीमा एजुकेसन सेमिनारको आयोजना गरेको छ । इटहरीको इडेन कन्सल्टेन्सीको कार्यालयमा सेमिनार सम्पन्न भएको हो ।

भर्खरै स्नातक सकेका र नर्सिङ सकेर अध्ययनको लागि विदेश जान चाहने विद्यार्थीलाई मध्यनजर गर्दै सेमिनार आयोजना गरिएको बताइएको छ । स्नातक नेपालमा गरे पनि डिग्री गर्न विदेश जाने र उतै करियर बनाउने युवाहरू बढेका हुनाले त्यसको लागि परामर्श दिने काम इडेनले गर्ने गरेको अध्यक्ष रुपेश मिश्रले जानकारी दिए ।

एक दिने सेमिनारमा २ सय विद्यार्थी सहभागी भएको उनको भनाइ छ । इडेनले अस्ट्रेलिया, बेलायत, अमेरिका, जापान, क्यानडा, लगायत १० वटा देशमा विद्यार्थी पठाउँदै आएको छ ।

eaden  (1) eaden  (3)