बेलबारीः शैक्षिक क्षेत्रमा विभिन काम गर्दै आएको युवा जागरण अभियान नेपालले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सामुदायिक विद्यालयका १७ जना विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरेको हो । २ वर्ष अघि स्थापना भएको सो संस्थाले बेलबारीमा शैक्षिक महोत्सवबाट सङ्कलन गरेको १५ लाख रुपैयाँको अक्षयकोषबाट माध्यमिक अध्ययन गर्ने केही विद्यार्थीलाई सहयोग गरेको बताए ।

युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतका अनुसार विद्यार्थीलाई ८ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । छात्रवृत्ति वितरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शैक्षिक क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकता दिएको बताएका छन् ।

youth  (1) youth  (2) youth