बेलबारीः मोरङ नेत्रहीन सङ्घले बेलबारीमा एक कार्यक्रम गरी प्रथम विश्व ब्रेल दिवस मनाएको छ ।
सङ्घले ब्रेल लिपिका संस्थापक लुइस ब्रेलको २ सय १० औं जन्मजयन्तीको अवसरमा १ नं प्रदेशस्तरीय ब्रेल लेखन तथा पठन प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।
भगवती मावि बेलबारीको प्राङ्गणमा भएको सो प्रतियोगितामा मोरङ, सुनसरी, झापा, पाँचथर, उदयपुर लगायतका ८ वटा जिल्लाका प्रतियोगी सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि एवलिस फाउण्डेसन नेपालका प्रतिनिधि प्रा डा. वीरेन्द्रराज पोख्रेल तथा अतिथिहरूमा भगवती माविका प्रधानाध्यापक मानबहादुर खड्का, कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष सावित्रा कोइराला लगायत उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पोख्रेलले लुइस ब्रेल र उनले लिपिमार्फत् नेत्रहीनलाई शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई अभिप्रेरणा जगाउने उनको भनाइ थियो ।
प्रतियोगितामा पठनमा ४ जना र लेखनमा ५ जना गरी ९ जना प्रतियोगीलाई उत्कृष्ट छनोट गरिएको थियो । उनीहरूलाई शुक्रबार हुने संस्थाको साधारणसभामा पुरस्कार वितरण गरिने कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष कोइरालाले बताइन् ।