सोलुखुम्बुः सोलुखुम्बुमा आर्थिक वर्ष २०७४÷२०७५ मा जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत महिला २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् ।
गत आर्थिक वर्षमा सोलुखुम्बु जिल्ला अस्पतालको प्रसुतिगृहमा प्रसुति गराउन ३ सय २ जना महिलामध्ये ६१ जनाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । तीमध्ये ४१ जनाको शल्यक्रिया गरिएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी सानी शेर्पाले बताए ।