सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १ जना गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । सो गाउँपालिकाको वडा नं ३ की डोमा राईको हिजो हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको बताइएको छ ।
गत मङ्सिर २० गते पनि सोताङ गाउँपालिकाको वडा नम्बर ३ कै १ जना गर्भवती महिलाको उद्धार गरिएको थियो ।