धरान: विपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान(BPKIHS) का कुलसचिव तुलबहादुर श्रेष्ठले प्रतिष्ठानमा बार्षिक १ सय डाक्टर बन्ने भएपनी प्रदेश १ का कम भएको बताएका छन्। आज धरानको युरेका स्कुलले आयोजना गरेको २१ औ शताब्दीको विद्यालयिक शिक्षा विषयक कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।
'हाम्रो BPKIHS मा हरेक बर्ष १ सय जनाले डाक्टर बन्न नाम निकाल्छन', कुलसचिव श्रेष्ठले भने, 'तर प्रदेश १ बाट आक्कलझुक्कल मात्रै नाम निकाल्छन्। सबै प्रदेश २,३ र बाहिरका हुन्छन् ।'
प्रदेश १ शैक्षिक ह भनिएपनि उत्कृष्ट विद्यार्थीहरु भने कम भएको आफुले पाएको श्रेष्ठले बताए। उनले भने,'आज नेपालको उत्कृष्ट डाक्टर उत्पादन गर्ने धरानको संस्थामा कोटाका २-३ जना बाहेक यो प्रदेशबाट कमै मात्रैले नाम निकाल्छन।'