झापाः झापा जिल्लालाई शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ वटा स्थानीय तह रहेका छन् ।

भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले जिल्लालाई खुलादिसामुक्त घोषणा गरेकी हुन् ।

झापामा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।