इटहरीः

# महत्वपूर्ण समसामयिक जानकारी

१. मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान' नारासहित नेपालमा पहिलो राष्ट्रिय झण्डा दिवस कहिले मनाइयो?

२०७५ पुस १ गते।

- २०६२ साल पुस १ गते (१६ डिसेम्वर २००५) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाइएको।

 

२. बढ्दो सवारी जामलाई न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौ टुँडिखेल आसपासका क्षेत्रमा "पिक एण्ड ड्रप" अभियान कहिलेबाट सुरु गरिएको हो?

२०७५ पुस १

 

३. नेपालका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन कहिले भयो?

२०७५ पुस ३

 

४. राष्ट्रिय महिला वन किसान सम्मलेन २०७५ कहिले सम्पन्न भयो?

२०७५ पुस ५-६

 

५. हालै विमोचन गरिएको पुस्तक 'चलचित्र: कला र प्रविधि' का लेखक को हुन् ?

चलचित्र निर्देशक प्रकाश सायमी

 

६. "पिसाबलाई हिसाबमा रुपान्तरण" नामक नौलो अभियान कुन स्थानिय निकायले सुरु गरेको अभियान हो?

मङ्गला गाउँपालिका, म्याग्दी [२०७५ पुस ८]

 

७. परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७/१८ को प्रतिवेदन अनुसार हाल विश्वका कति देशमा नेपाली दूतावास रहेको छ ?

३० देशमा

 

८. अन्तराष्ट्रिय पर्वतीय चलचित्र किम्फ अवार्ड २०१८ बाट सम्मानित चलचित्र कुन हो ?

A Thousand Girls Like Me

 

९. हालै विमोचित "Changing India" नामक पुस्तकका लेखक को हुन् ?

भारतीय भूपू प्र.. मनमोहन सिंह

 

१०. ४३० जनाभन्दा बढीको मृत्यु हुनेगरी इन्डोनेसियामा पछिल्लोपटक कहिले सुनामी आएको हो?

२०१८ डिसेम्बर २२ [क्राकाटोवा ज्वालामुखी विष्फोटन पछि]

 

११. राष्ट्रिय वनस्पति पुरस्कार २०७४ बाट सम्मानित व्यक्ति को हुन् ?

⇨  डा. रामप्रसाद चौधरी

 

१२. प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित हुने व्यक्ति को हुन् ?

कृष्ण ज्वाला देवकोटा र अरुण बराल

 

१३. एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि विजेता कुन टोली भयो?

ललितपुर प्याट्रियट्स [भैरहवा ग्लाडिएटर उपविजेता]

 

१४. थाइल्यान्डमा सम्पन्न १० औं विश्व शारीरिक सुगठन प्रतियगितामा स्वर्ण पदक जित्ने नेपाली खेलाडी को हुन् ?

महेश्वर महर्जन, [७५ केजी तौल समूह]

-पहिलोपटक नेपाली खेलाडीले स्वर्ण पदक जितेको।

-डिसेम्बर ११-१७ थाइल्याण्ड चाङमाई सहरमा सम्पन्न।

-यसभन्दा अघि ननिता महर्जन [नवौं प्रतियोगिता] रूजेश शाही [सातौं प्रतियोगिता] ले रजत पदक हासिल गरेका थिए।

 

१५. २०१९ जनवरी १ बाट लागु हुनेगरी GAFA Tax प्रणाली कार्यान्यवनमा ल्याउन लागेको देश कुन हो ?

फ्रान्स (GAFA Tax विश्वका अत्याधुनिक प्रविधि [Google, Apple, Facebook Amazon] मा लगाउने कर हो।)

 

१६. पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मुद्दामा सात वर्षको जेल सजाय दिने फैसला कहिले सुनाइएको हो ?

२०१८ डिसेम्बर २४

 

१७. CNN Hero 2018 को भएका छन् ?

रिकार्डो पुन चोङ [पेरू]

 

१८. जापानद्वारा नेपाललगायत ११ मुलुकका कामदारलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय सहित १२६ बुँदे कार्यनीतिक महिले हस्ताक्षर भएको हो ?

२०१८ डिसेम्बर २५ [२०७५ पुस १०]

 

१९. अफ्रिकन मुलुक बुरुण्डीले साविकको राजधानी बुजुम्बुरा लाई परिवर्तन गरेर कुन ठाँउलाई राजधानी घोषित गरेको छ ?

गिटेगा [२०१८ डिसेम्बर २३]

 

२०. 'Gas-2019' केसँग सम्बन्धित छ?

भारतीय नागरिक उड्ययन प्राधिकरणले निर्माण गरेको मोबाइल एप