विराटनगरः विराटनगर–३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिलाई समाजसेवी रेखबहादुर भट्टराई र गङ्गादेवी भट्टराईले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सो रकम अक्षयकोषमा राखी आर्जित ब्याजबाट विभिन्न विधाका बहुआयामिक प्रतिभालाई सम्मान गरिने बताइएको छ । समितिका संस्थापक अध्यक्ष भट्टराईले समितिका लागि जग्गा खरीद, भवन निर्माण लगायतमा पनि सहयोग गरेका थिए । सो सहयोगपछि संस्थाले थप रचनात्मक काम गर्ने समितिकी अध्यक्ष मीना जोशीले बताइन् ।