बेलबारीः बेलबारी–१० मा छुरा प्रहारबाट २४ वर्षीय सुदीप तामाङ घाइते भएका छन् ।

सामान्य विवादमा स्थानीय ६० वर्षीय मनमाया भण्डारी र उनका छेरा २१ वर्षीय रोहित भण्डारीले उनीमाथि चक्कु प्रहार गरेको बताइएको छ । चक्कु प्रहारबाट तामाङको अनुहार तथा टाउकोमा चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।