विश्वको भूगोलसम्बन्धि २० प्रश्नोत्तर

) उपधुब्रीय क्षेत्रमा बस्ने इन्युईट जातिका मानिसहरुले जनावरको छाला बाट तयार पार्ने अस्थायी ग्रीष्मकालिन घरलाई के भनिन्छ ?
टुपिक

) उत्तर अमेरिका युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसहरुले हिउका टुक्राबाट बनाउने घरलाई के भनिन्छ ?
इग्लु

) मध्य अफ्रिकाका पुड्के मानिसहरुको जातलाई के भनिन्छ ?
पिग्मी

) अफ्रीकाको केन्या तान्जानियामा पशुपालन गर्ने अग्ला एव दुब्ला प्रकृतिका आदिवासी लाई के भनिन्छ ?
मसाई

) क्यानडा अमेरिकी अलास्काको उत्तरी हिउमा कुकुरद्वारा तानिने गाढालाई के भनिन्छ ?
स्लेज

) अफ्रिकाको नाईजेरिया नाईजरको मुख्य आदिवासी जातिलाई के भनिन्छ ?
हौसा

) संसारमा सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक चीन दोस्रो अस्ट्रेलिया हो भने तेस्रो मुलुक कुन हो ?
अमेरिका

) चिनिको कचौरा वा चिनिको भाडो भनेर क्युवा लाई चिनिन्छ भने सबैभन्दा धेरै चिनी उत्पादन गर्ने मुलुक कुन हो ?
ब्राजिल

) दक्षिण अमेरिकाको एन्डिज पर्वत क्षेत्रमा यातायातका साधनको रुपमा प्रयोग हुने दुई पशु के के हुन ?
आल्पाका लामा

१०) युरोपको स्क्यान्डिनेभिया क्षेत्रमा बसोबास गर्ने आदिबासी लाई के भनिन्छ ?
ल्याप्स वा सामी

११) संसारमा सबैभन्दा बढी कपास उत्पादन गर्ने देश चीन हो भने बढी कपास निर्यात गर्ने देश कुन हो ?
अमेरिका

१२) उत्तर अमेरिका, युरोप एसिया पुर्व पश्चिम फैलिएको धुपी सल्लाको विशाल बन क्षेत्रलाई के भनिन्छ ?
टाईगा

१३) सामुन्द्रीक दुरि छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारका दुई मानव निर्मित नहरहरु कुन कुन हुन ?
स्वेज नहर पानामा नहर

१४) ब्राजिल को उष्ण तृष्ण भुमिलाई के भनिन्छ ?
क्याम्पो

१५) अमेरिका ब्राजिलमा उखुबाट उत्पादन हुने पेट्रोल लाई के भनिन्छ ?
इथानोल फ्युल

१६) आन्तरिक जलमार्गको रुपमा उत्तर अमेरिकाका पाच महान ताललाई आन्ध्र महासागर संग जोड्ने नदिको नाम के हो ?
सेन्ट लरेन्स नदि

१७) न्युजिल्यान्ड मा रहेको आदिवासी जाति लाई के भनिन्छ ?
माओरी

१८) अर्जेन्टिनाको पम्पास घासे मैदानमा गाईबस्तु चराउने मानिसलाई के भनिन्छ ?
गौचो

१९) खुला समुन्द्र सम्बन्धि जेनेभा सन्धी सन १९५८ मा तर्जुमा गरियो भने सामुन्द्रीक कानुन सम्बन्धि महासन्धी कहिले तर्जुमा गरियो ?
सन १९८२

२०) विस्वमा सबभन्दा उत्तरको राजधानी आइसल्याण्डको रेक्ज्याविक हो भने सबभन्दा दक्षिणको राजधानी कुन हो ?
न्युजिल्यान्डको बेलिङटन