बिर्तामोडः बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ ।

सो प्रतियोगितामा विभिन्न १३ तौल समूहमा नेपाल, भारत र भुटानका गरी १ सय ५५ खेलाडी सहभागी छन् । आइतबारको प्रतियोगितामा भुटानले १३, नेपालले १० र भारतले १ स्वर्ण पदक जितेको छ । प्रतियोगितामा विश्व कराते फेडरेशन, एशियाली कराते फेडरेशन, नेपाल कराते फेडरेशनका वरिष्ठ प्रशिक्षक र निर्णायक सहभागी रहेको बताइएको छ ।