इटहरीः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीलाई अष्ट्रेलियन शिक्षासम्बन्धी जानकारी दिन इटहरीमा एक दिने सेमिनार गर्ने भएको छ ।
बुधबार हुने उक्त सेमिनारमा अष्ट्रेलियाका मुख्य कलेजका प्रतिनिधि सहभागी हुनेछन् । सेमिनारमा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियाको भिसा नीति, पोलिसी, कलेज तथा युनिभर्सिटीका विविध विषयमा सोही कलेजका प्रतिनिधिमार्फत् प्रत्यक्ष जानकारी पाउनेछन् ।
सो कार्यक्रम अष्ट्रेलियामा पढ्न जान चाहने पूर्वी क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको बताइएको छ ।
एक्सपर्टले पूर्वमा इटहरी, विराटनगर र बिर्तामोडमा शाखा सञ्चालन गरिरहेको बताइएको छ । यी तीन वटै शाखामार्फत् निवेदन दिएका भिसामध्ये शतप्रतिशत भिसा सक्सेसको रेकर्डसमेत एक्सपर्टले राखेको एक्सपर्टको इटहरी तथा विराटनगर शाखा प्रमुख कमल तिम्सिना बताउँछन् ।
एक्सपर्टले विद्यार्थीहरूलाई अष्ट्रेलिया जानुअघि काउन्सिलिङ गर्ने, आइएलटिएस र पिटिइका कक्षा सञ्चालन गर्ने गरेको छ । अष्ट्रेलिया बसेर र अध्ययन गरेर आएका व्यक्तिहरूले शैक्षिक काउन्सिलिङ गर्ने काम गर्ने गरेका छन् ।
पूर्वमा अष्ट्रेलियन शिक्षाको लागि धेरै कन्सल्टेन्सी खुले पनि एक्सपर्ट सबैभन्दा विश्वसनीय संस्था रहेको तिम्सिना बताउँछन् । सर्टिफाइड काउन्सिलरबाट परामर्श दिइने उनको भनाइ छ ।
एक्सपर्टले अहिलेसम्म करिब २० हजार नेपाली विद्यार्थीहरूलाई उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि अष्ट्रेलियाका सेवा उपलब्ध गराएको जनाएको छ ।