धरानः धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार भएको कबड्डी खेलको फाइनलमा केके इन्टरनेशनल स्कुलले स्वर्ण पदक जितेको छ ।
कबड्डीमा सुनाखरीले कास्य पदक जितेको छ भने धरान लिगामेन्ट स्कुलले रजत पदक जितेको छ । कबड्डी खेल संयोजक तरुणकुमार यादवका अनुसार धरानका १८ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।
यससँगै मेयरकप स्कुल ओलम्पिकका ८ वटा खेल सम्पन्न भएका छन् । ‘अब फुटबल, क्रिकेट, कराते र टेबलटेनिस खेलको मात्र फाइनल खेल हुन बाँकी छ’, नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले भने ।
उनका अनुसार प्रत्येक खेलको फाइनल खेल सँगै खेलाडीहरूलाई पदक वितरण कार्य पनि सँगै भइरहेको छ ।

















