१. मानवाधिकारवादी एवम् स्वतन्त्र बामपन्थी नेता पद्मरत्न तुलाधरको निधन कहिले भएको थियो ?

- वि.स. २०७५कार्तिक १८ गते

 

२. विश्वमा सर्बप्रथम योजनावद्ध आर्थिक विकासको सुरुवात गर्ने देश कुन हो ?

- रूस

 

३. नेवारी भाषाको महाकवि भनेर कसलाई चिनिन्छ ?

- सिद्धिदास अमात्य

 

४. प्रथम राष्ट्रिय आर्थिक गणनाको प्रारम्भिक नतिजा कहिले सार्वजनिक भएको हो ?

वि.सं. २०७५ कार्तिक २८

 

५. वातावरणीय स्वच्छता सूचकांक २०१८मा नेपाल कति औँ स्थानमा रहेको छ ?

- १७६ औँ

 

६. नेपालको कुन जिल्लामा 'नेटुवा' जातिको बसोबास रहेको छ ?

- कपिलवस्तु

 

७. सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पुगी कीर्तिमान  राख्ने पर्वतारोही को हुन् ?

- कामीरिता शेर्पा (२२ पल्ट)

 

८. नेकपा एमाले र नेकपा माओवादी केन्द्रकोबीच पार्टी एकीकरण कहिले भएको हो ?

- वि.सं. २०७५ जेठ ३ गते

 

९. साझा प्रकाशनले वर्षेनी प्रदान गर्ने साझा पुरस्कार २०७५मा कसलाई प्रदान गरियो ?

- जय छाङ्छा (कृति- दोहाको सिधा उडान)

 

१०. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?

- मार्च १५

 

११. कुन हिमाललाई अफ्रिकाको छानो भनेर चिनिन्छ ?

- माउन्ट किलिमान्जारो (तान्जानिया)

 

१२. ईश्वरलाई सम्झेर मुसलमानहरू दिनमा कतिपटक प्रार्थना गर्दै नमाज पढ्छन् ?

- ५ पटक

 

१३. छेलो हान्ने प्रतियोगितालाई पर्वका रुपमा मनाउने जाति कुन हो ?

- दूरा जाति (लमजुङ्ग)

 

१४. हाल सन् २०१८ सम्म संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ?

-संयुक्त राज्य अमेरिका (२२ प्रतिशत)

 

१५. क्रिकेट खेलमा पिचको लम्बाइ कति हुन्छ?

- २२ गज (२०.१२ मिटर)

 

१६. नेपालका हिमरेखाको सरदर उचाई कति रहेको छ?

- ५००० मिटर माथि

 

१७. चियापत्तीका आविष्कारक को हुन् ?

- थोमस सुलिभ्यान

 

१८. नेपालको सबैभन्दा पुरानो राष्ट्रीय खेलकुद संघ कुन हो ?

- नेपाल क्रीकेट संघ (क्यान)

 

१९. नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर कुन जिल्लामा पर्दछ ?

- सप्तरी

 

२०. फागुनी, तिजी र यार्तुङ पर्व बिशेष गरी कुन जिल्लामा मनाईन्छ ?

-सल्यान

 

२१. विश्वचर्चित कुस्ती खेलाडी 'The Great Khali' को वास्तविक नाम के हो ?

-दिलिपसिँह राणा

 

२२. एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरू भएको हो ?

- जापान

 

२३. नेपाल राष्ट्रबैङ्कका प्रथम गभर्नर को हुन् ?

- हिमालयन शम्सेर जवरा

 

२४. र्सवप्रथम नोबेल पुरस्कार अस्वीकार गर्ने व्यक्ति को हुन् ?

- जर्ज बर्नाड शा (साहित्यकार)

 

२५.  चुरे श्रृखंलाको अर्को नाम के हो ?

- शिवालिक