इटहरीः
१. संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ?
- दावा छिरिङ (भुटान)
२. नेपालको अन्तरिम शासन विधान २००७ लाई कति पटक संशोधन गरिएको थियो ?
- ६ पटक
३. युरोपेली संघको आर्थिक बर्ष कहिलेदेखि सुरु हुन्छ ?
- जनवरी १
४. आटाकामा मरुभुमी कहाँ अवस्थित छ ?
- चिली
५. भित्री मधेशले नेपालको क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
- ८.५%
६. ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य लेखिएको हुन्छ?
- ‘Faster, Higher, Stronger’
७. नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिरो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?
- ३० औं
८. सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ?
- वि.सं २०७२ साउन १
९. अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?
- जून २३
१०. प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?
- म्याग्दी जिल्ला
११. नेपालको इतिहासमा हलो क्रान्ति कुन जिल्लामा भएको थियो ?
- लमजुङ
१२. बहुचर्चित विमान कम्पनि एअर बस कुन देशको कम्पनी हो ?
- फ्रान्स
१३. ह्योल्मो जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ?
- सिन्धुपाल्चोक
१४. पारसनाथ भनेर नेपालको कुन मन्दिरलाई चिनिन्छ ?
- पशुपतिनाथ मन्दिर
१५. नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
– वि.सं २०७१ मंसिर १५ गते
१६. विश्व बन्यजन्तु कोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
– राजेश हमाल
१७. भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ?
– कलिङको युद्ध
१८. नेपालका राष्ट्रिय विभूति अमरसिहं थापाको मृत्यु कुन ठाउँमा भएको थियो ?
– गोसाईकुण्ड
१९. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
- आन्ध्र महासागर
२०. विश्वमा बन्जी जम्पको सुरुवात कुन देश बाट भएको हो ?
– न्युजिल्याण्ड
२१. फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?
- सेनेगल
२२. “अथाह संभावना हुदाहुदै पनि UNO भेट गर्ने, गफ गर्ने र मनोरन्जन गर्ने थलो वनेको छ” यो भनाई कस्को हो ?
- डोनाल्ड ट्रम्प
२३. क्रेडिट कार्ड प्रयोग गर्ने नेपालको पहिलो बैँक कुन हो ?
– हिमालयन बैङ्क लिमिटेड
२४. नीलगिरी हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?
– अन्नपूर्ण
२५. नेपालमा पहिलो पञ्चवर्षिय योजना कहिले सुरु भएको थियो ?
– बि. सं. २०१३ साल