सूत्रसहितको लोकसेवा तयारी सामग्री:

अघिल्लो अङ्कमा झैं यस अङ्कमा पनि लोकसेवा तथा अन्य परीक्षार्थीलाई लक्षित गरेर अध्ययनमा सजिलो होस् भनी केही प्रश्नोत्तरका सूत्रः प्रस्तुत गरेका छौं।

आशा छ हाम्रा पाठकको निम्ति फलदायी बन्नेछ।

 

१. कुन ठाउँमा कसले बस्ती बसाए ?

शिव पहिले कीर्तीपुरमा गएर कान्तिपुरमा गुण लगाए । भक्तपुरमा आनन्द भएकोले शिवले ललितपुरमा वर दिन गए। शिव फेरि थानकोट गएर हाँडीगाउँमा बल लगाए ।

(कीर्तिपुरमा बस्ती बसाउने राजा– शिवदेव प्रथम, कान्तिपुरमा बस्ती बसाउने- गुणकामदेव, भक्तपुरमा बस्ती बसाउने- आनन्ददेव, ललितपुरमा बस्ती बसाउने- वरदेव, थानकोटमा बस्ती बसाउने- शिवदेव द्वितीय र हाँडीगाउँमा बस्ती बसाउने- बलदेव)

 

२. नेपालमा चीनले गरेका सहयोगहरू

अरनिको राजमार्ग हुँदै सामान आयो जब,

नेशनल ट्रेडिगं लि. को व्यापार सुक्यो तब ।

पोखरा र वाग्लुङको राजमार्गबीचमा दूरी ७३ किमी,

सेती जलविध्युत आयोजना हेर्न नबिर्सनु तिमी ।

सातदोबाटोको पौडीपोखरीमा पानी सलल,

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरमा बिजुली झलल ।

 

३. कुन नदीलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ ?

 सम्झने तरिका : मेम ले कवि मसा सँग बस मा कोदा को घाक खानुभयो । 

 मेची = महानन्दा

 कन्काइ = बिरिङ

 महाकाली = सारदा

 बबई   = सरयु

 कोसी = दामोदर

 कर्णाली = घाघरा

 

४.  नेपालका सिमसार क्षेत्रको नाम र अवस्थित जिल्ला याद गर्ने सुत्र :

फोक्सो (शे-फ़ोक्सुण्डो) भरि सास भर्दै, डोल्पा (डोल्पा मा) जादा खेरी बाटोमा गोसाईंकुण्ड (रसुवा) को दर्शन गरे ! इलामबाट (इलाम मा) मेरी माई (माईपोखरी) ले बोलाउदै थिइन् !! कपिल बा (कपिलबस्तु) को छोरो जन्म्यो, जगदीश (जगदीशपुर ताल) नाम राखे ! रारा (रारा ताल) खादै हतारिदै मुगु (मुगु जिल्ला) तिर भागे !! सुनकोसी (सुनसरी जिल्ला कोशीटप्पु ) का बिसहजार (बिसहजारी ताल) चितुवा (चितवन) ! कैलाली को घोडा ! (कैलाली को घोडा घोडी ताल) चढेर फेवा ताल (फेवाताल लगायत वरीपरीका ९ ताल- कास्की) सोलु (सोलुखुम्बु जिल्ला) गाउँको गोक्यो (गोक्यो ताल वरपर) संग कस्तो मिल्यो जोडा !

रामसारमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु निम्न अनुसार छन :-

१) कोशी टप्पु वन्यजन्तु आरक्ष (सुनसरी) - १२ डिसे.१९८७

२) विसहजारी ताल ( चितवन) -१३ अगस्त २००३

३) जगदिसपुर ताल ( कपिलवस्तु) - १३ अगस्त २००३

४) घोडाघोडी ताल ( कैलाली) - १३ अगस्त २००३

५) गोसाईकुण्ड ( रसुवा) - २३ सेप्टेम्बर २००७

६) शे- फोक्सुण्डो ( डोल्पा) - २३ सेप्टेम्बर २००७

७) सगरमाथा क्षेत्र ( सोलुखुम्बु) - २३ सेप्टेम्बर२००७

८) रारा ताल ( मुगु) - २३ सेप्टेम्बर २००७

९) माई पोखरी ( इलाम) - २८ अक्टूबर २००८

१०) फेवाताल लगायत वरीपरीका ९ ताल (कास्की) - २ फेब्रुअरी २०१६।