इटहरीः

⇄ विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ ।

 

⇄ रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ ।

 

⇄ निद्रालाई असर पर्ने गरी अध्ययन गर्नु हुँदैन । बिहान चाँडै उठ्न पनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।

 

⇄ एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ ।

 

⇄ पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ ।

 

⇄ सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ ।

 

पढ्दा गर्न नहुने काम

 

⇄ अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन ।

 

⇄ निरन्तर नपढ्ने । ३० मिनेट पढ्दा १० मिनेट आराम गर्ने ।

 

⇄ ढाड सीधा गरेर पढ्ने । अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ ।

 

⇄ घोकेर पढ्ने बानी तुरुन्तै छाड्नुपर्छ । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।

 

साभार: अनलाइनहरू